सदरलाइनडटकम
नेपालगञ्ज : आईतबार साँझ बा २ झ ४१४१ नं.को सरकारी सेतो स्कारपियो जीप ड्राईभिङ्ग सिकाउदै गरेको अवस्थामा नेपालगञ्जमा भेटिएको छ ।
वाटरपार्क क्षेत्रमा भेटिएको सो गाडिमा दुई जनाले आलोपालो गरी गडि सिक्दै गरेको अवस्थामा भेटिएका हुन । आईतबार दिउसोदेखि साँझसम्म सो गाडि वाटरपार्क योजना भित्र उनी सरकारी गाडि लिएर सिक्दै गरेको स्थानीयले बताए ।
सो गाडि मै बसेका एक ब्यक्तिले गाडि मुगु नगरपालिकाको भएको जानकारी दिदै आफु मुगु नगरपालिकाको मेयर भएको र आफुले जे पनि गर्न पाउने भन्दै बादविबादमा उत्रिएका थिए ।
‘म मुगु नगरपालिकाको मेयर हुँ मेरो अण्डरमा रहेको सम्पत्ती जे पनि गर्न सक्छु । म संग लाईसेन्स पनि छ । जे गर्नु छ गर्नुस’–ती व्यक्तिले यसो भन्दै ट्राफिकले रोक्दा रोक्दै गाडि हाँकेर भाग्न सफल भए ।
सरकारी गाडि दुरुपयोग गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले नियन्त्रणमा लिनखोज्दा गाडि भागेको र सो गाडि नियन्त्रणमा लिनको लागि खोजी भई रहेको जिल्ला ट्राफिक ईन्चार्ज तथा प्रहरी निरिक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।