नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४१ घाईते

४ कार्तिक २०७५, आईतवार १३:२३
 

सदरलाइनडटकम,
नवलपरासी : पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा मृतकको संख्या ६ पुगेको छ । पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका ३ का अब्दुल अन्सारी, भोजपुरका रामजीत राई, मोरङका ११ वर्षीय सुहम कार्की र भारत बिहार घर भएका विद्यानन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गुल्मी हस्तिचौर–२ का नेपाली सेनामा कार्यरत तिलक विष्टको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।
प्रहरीका अनुसार एक जनाको सनाखत हुन सकेको छैन । घाइते ४१ जनाको भरतपुरमा उपचार भइरहेको छ । नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।
इटहरीबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आईतवार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट खसेको थियो । बसको बत्ती मधुरो रहेको र तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

Next Post

नक्कली नेपाली रुपैयाँ बनाउने कारखाना भेटियो

४ कार्तिक २०७५, आईतवार १३:२३
सदरलाइनडटकम, काठमाण्डौ : प्रहरीले नक्कली नेपाली रुपैयाँ बनाउने कारखाना फेला पारेको छ । नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेपछि उनीहरुले बताएको आधारमा प्रहरीले रातोपुलस्थित नक्कली नोट बनाउने कारखाना फेला पारेको हो । ललितपुरको मच्छेगाँउबाट शनिवार राति नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि नक्कली नोट बनाउने कारखानानै फेला परेको महानगरीय प्रहरी परिसर काठमाण्डौले […]