कम्युनिष्ट सरकार असफल भएको काँग्रेस उपसभापति निधिको आरोप

१४ आश्विन २०७५, आईतवार १६:१४
 

सदरलाइनडटकम,
दाङ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् । प्रेस युनियन दाङले आइतवार घोराहीमा गरेको पत्रकार भेटघाटमा निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनका लागि सुझाव संकलनमा जुटेको बताए ।
संघीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुदाँ अहिले पार्टीको सबै शक्ति त्यस तर्फ लागेको उनको भनाई थियो । कांग्रेस ऐतिहासिक पार्टी भएकोले लोकतान्त्रिक गणतन्त्र र संघीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने भन्दै उनले आफूले सो कामलाई जोडदार रुपमा अगाडी बढाएको दाबी गरे ।
विधानअनुसारनै आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडी बढाउने भन्दै उपसभापति निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको काममा सरकार असफल भएको भन्दै उनले सरकारको आलोचना गरे ।

Next Post

चर्चित हेमकार हत्याकाण्डका अभियुक्त तेह्र बर्षपछि पक्राउ

१४ आश्विन २०७५, आईतवार १६:१४
सदरलाइनडटकम, यदुराज मिश्र (नेपालगञ्ज) : नेपालगञ्जका सुन व्यवसायी हेमकार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । हत्याका मुख्य योजनाकार भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार बिहान ८ बजे जमुनाहा नाकाबाट प्रहरीले पक्राउ गरेको हो । २०६२ साल फागुन २३ गते नेपालगञ्ज १५ हाल […]