सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्ज उप–महानगर–२ मा बालमैत्री अभियानलाई तीव्र पार्ने उदेश्यले सो बैठकले वडा बालसंरक्षण समितिको पुनरगठन गर्नुको साथै बाल राहत कोषमा २५ हजार गरिएको छ ।
वडा अध्यक्ष सुनिल सिंह हामलको उपस्थितिमा जगदिश चन्द्र बाल्मिकीको संयोजकत्वमा पुनरगठन गरिएको ९ सदस्यीय समितिका सदस्यहरुमा वडा सदस्य रामकुमार वैश्य, गिता राना, नुरजहाँ राई, आरती परियार, ललिता उपाध्याय, गिता गौतम, विमला तिवारी र निलम ज्ञवाली रहेका छन् । समितिमा आमन्त्रित सदस्यहरु पछि थप गरिने तथा सो क्रममा सबै क्षेत्रलाई समेटिने संयोजक बाल्मिकीले बताए ।
पुनर्गठन गरिएको समितिले अब तीव्र गतिमा बाल संरक्षणका लागि काम गर्ने बिश्वास ब्यक्त गर्दै समितिलाई सबै प्रकारको सहयोग वडा कार्यालयले उपलब्ध गराउने वडा अध्यक्ष हमालले बताए ।
यसैगरी जोखिममा परेका बालबालिकालाई आपातकालिन सहयोग गर्ने उदेश्यले वडामा स्थापना गरिएको बाल राहात कोषका लागि बाँके युनेस्को क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
सोही कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान र सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत विरेन्द्र थापाले संयुक्त रुपमा २५ हजारको चेक वडा नम्बर २ का अध्यक्ष हमाललाई हस्तान्तरण गरे ।
चेक बुझ्दै अध्यक्ष हमालले वडाले पनि सो कोषमा केही रकम थप गरेर सञ्चालनमा ल्याउने बताए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रनिलसिंह हमालले सहयात्रा परियोजना मार्फत विद्यालयमा धेरै सुधार भएको तथा बालबालिकाको शैक्षिक गुणस्तर बढ्नुका साथै संरक्षणमा पनि निकै ठुलो सहयोग भैरहेको बताए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक ललिता उपाध्याय, वडा बाल संरक्षण समितिका संयोजक बाल्मिकी, सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्मा, सामुदायीक परिचालन अधिकृत शंकर सिंह थारुले बाल संरक्षणका बारेमा आआफ्नो भनाई राखेका थिए ।
सो बैठकमा वडा सदस्यहरु, वडा सचिव, बाल क्लबका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक कार्यकर्ता, नागरिक समाजका अगुवा, अभिभावक, शिक्षक तथा बाँके युनेस्को क्लबका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।