सदरलाइनडटकम,
काठमाण्डौ : जापानमा शक्तिशाली समुद्री आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने १ सय ६० भन्दा बढी घाइते भएका छन् । जापानको दक्षिण क्षेत्रमा समुद्री आँधी आएको हो ।
जेबी नामको उक्त आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको रफतारमा आएको त्यहाँका अधिकारीहरुले बताएका छन् । आँधीसँगै भीषण वर्षा भएकोले १० लाखभन्दा बढी मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले चेतावनी दिएका छन् । अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी दिएका हुन् ।
आँधीबाट प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । आँधीका कारण हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शिकोकु टापुबाट सुरु भएको आँधी होन्सु टापुसम्म फैलेको थियो ।
(एजेन्सीको सहयोगमा)
Next Post
पत्रकार महासंघद्वारा मुलुकी ऐन संशोधनको माग
२० भाद्र २०७५, बुधबार १७:३७
सम्बन्धित
-
२ फाल्गुन २०७६, शुक्रबार १७:१२
नेपालगञ्जका ३९ स्थानमा हाईमाष्ट लाईट राखिदै
-
२२ पुष २०७३, शुक्रबार ०६:१८
भुरीगाँउमा निर्माणाधिन विद्युत सवस्टेशनको काम चैत्रभित्रै सकिने
-
८ जेष्ठ २०८०, सोमबार १४:४०
बैजनाथ गाउँपालिकामा दस हजारभन्दा बढी भूमिहीन सुकुम्वासी
-
२७ माघ २०७९, शुक्रबार १३:२३
गोहीको संरक्षण गर्दै बाँके निकुञ्ज
-
१८ मंसिर २०८०, सोमबार १५:४४
डुडुवाका लेखा अधिकृतको मोटरसाइकल भेटियो
-
१९ मंसिर २०८०, मंगलवार १९:१२
एमाले अध्यक्ष ओलीलाई माओवादी उपमहासचिव शर्माको स्वागत