प्रजिअ केसीलाई कदरपत्रसहित बिदाई

१४ श्रावण २०७५, सोमबार १५:४०
 

सदरलाइन / यदुराज मिश्र , 
नेपालगन्ज  : बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई कदरपत्रसहित बिदाई गरिएको छ । गत २९७४ साउन २८ गते बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका केसी मोरङको प्रजिअका रुपमा सरुवा भएपछि उनको सोमवार बिदाई गरिएको हो ।
मृदुभाषी, समन्वयकारी तथा विकास प्रेमी छबी बनाएका केसीलाई नेपालगन्ज उप–महानगरपालिकाले कदरपत्र, दोसल्ला, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।
विदाई समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी केसीले सबैको साथ र सहयोगले जिल्लाको शान्ति, सुरक्षाको स्थिती सुदृढ पार्न सफल भएको बताए ।
विकास निर्माणमा सबै पक्षसँग समन्वय तथा सहजीकरण भएको भन्दै उनले नगरमा सीसी क्यामेरा जडान, भूमि व्यवस्थापन, दुर्घटना न्यूनीकरणको पहल अभैm बाँकी रहेको स्वीकारे ।
कार्यक्रममा नगर प्रमुख डा. धवल शमशेर राणाले जनताको भावनालाई आत्मसाथ गरेर अघि बढ्ने प्रजिअ केसीको स्वभावले विकास निर्माणमा ठूलो सहयोग मिलेको बताए । वडा अध्यक्षहरुका तर्फबाट वडा न १ का अध्यक्ष प्रमोद रिजालले शुभकामना दिएका थिए ।

Next Post

सरकारविरुद्ध बाँकेमा पनि  काँग्रेसको प्रदर्शन

१४ श्रावण २०७५, सोमबार १५:४०
सदरलाइन /राज सुवेदी, सौजन्य श्रेष्ठ ,  नेपालगन्ज  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवार बाँकेसहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले बाँकेसहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो । बर्तमान सरकारले बढाएको कर तथा मुल्यबृद्धि र विगतको काँग्रेस नेतृत्वको सरकारले गरेका नीतिगत […]