पत्रकार अधिकारीको उपचारका लागि साढे ७८ हजार हस्तान्तरण, सहयोगकाे अपिल

६ श्रावण २०७५, आईतवार १९:४७
 

सदरलाइनडटकम  
नेपालगन्ज : मोटरसाइकल दुर्घटनामा घाइते भएका बाँकेका पत्रकार हरि अधिकारीको उपचारको साढे ७८ हजार रुपैयाँ सहयोग गरिएको छ । खजुरा सञ्चार समूहले ५८ हजार पाँच सय र नेपाल पत्रकार महासंघ बाँकेको पहलमा २० हजार रुपैयाँ सहयोग गरिएको हो ।
खजुरा सञ्चार समूहका सचिव गोविन्द शर्मा र सल्लाहकार रुद्र सुवेदीको पहलमा संकलन गरिएको रकममा खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लबाट १५ हजार, सद्भाव दैनिकका सम्पादक/प्रकाशक दामोदर भण्डारीबाट १० हजार, चितवन सेवा समाजका अध्यक्ष चन्द्र श्रेष्ठबाट ८ हजार र सदरलाइन डट कमका सम्पादक रुद्र सुवेदीबाट ७ हजार पाँच सय रहेको छ ।
त्यसैगरी लोकप्रिय सन्देश दैनिकका प्रकाशक/सम्पादक गोबिन्द शर्मा, बाँके पोष्टका अध्यक्ष राजन श्रेष्ठ र प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले पाँच/पाँच हजार रुपैयाँका साथै काँचुली खबर डटकमका गजेन्द्र गुरुङले ३ हजार रुपैयाँ उपलब्ध गराएका थिए । संकलित ५८ हजार पाँच सय रुपैयाँ आइतबार दिउँसो अधिकारीकी पत्नी जमुना उपाध्याय वाग्लेलाई सामूहिक रुपमा हस्तान्तरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीबाट १० हजार, राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक हेमन्त चौधरीबाट ५ हजार, अरुणोदय मावि खजुराका ऋषिकेष जीसीबाट ३ हजार, पत्रकार जीवन शर्माले २ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जनाएको छ ।
बाँके पोष्टका प्रकाशक/सम्पादक अधिकारी गत साउन ४ गते राती मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचार हुन नसकेपछि अधिकारीलाई थप उपचारका लागि आइतबार साँझ विमानबाट काठमाडौको अन्नपूर्ण न्यूरो अस्पतालमा रेफर गरिएको महासंघका सचिव तिलक गाउँलेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
खजुरा सञ्चार समूह र नेपाल पत्रकार महासंघले गम्भीर अवस्थामा रहेका पत्रकार अधिकारीको उपचार जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

Next Post

ग्राण्डी अस्पतालको छतमा रहेको सिम्रिक एयरको दुर्घटनाग्रस्त हेलिकप्टर तल झारियो

६ श्रावण २०७५, आईतवार १९:४७
सदरलाइनडटकम, काठमाण्डौं : गत असार १५ गते शनिवार ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको सिम्रिक एयरको हेलिकप्टर हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको २३ दिन पछि अस्पतालको छतबाट तल झारिएको छ । अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममा शनिबारदेखि नै सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिम […]

सम्बन्धित