सदरलाइनडटकम
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–११ स्थित एनटिभिरोडमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउसो पौने ३ बजे स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो ।
विद्यालय बिदा भएको मौका छोपी साथीहरुसँगै स्विमिङ पुल पुगेकी १० वर्षिया वालिका शर्मा पौडी खेल्ने क्रममा डुबेकी थिईन ।
होटल संचालकले तत्काल उद्धार गरि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पुर्याए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
स्विमिङ पुलमा अपनाउनुपर्ने सावधानी नअपनाएको, लाईफ ज्याकेट समेत उपलब्ध नगराएको पाईएकाले स्विमिङ पुल संचालक ३२ वर्षिय सुर्यदय श्रेष्ठ र २१ वर्षिय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । सांकेतिक फोटो : गुगलबाट साभार गरिएको ।