२८ आषाढ २०७५ बिहिवारको राशिफल

२८ असार २०७५, बिहीबार ०६:५५
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । रोकिएको धन हात पर्ला । मन प्रफुल्ल रहला । प्रेममा मधुरता छाउला ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । शुभ समाचार सुन्नमा आउला ।

 


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन सक्नेछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । पारिवारिक समस्या आउनेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । आर्थिक लाभ रहला ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकाएको भय रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमी सङ्ग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान हराउने वा नष्ट हुनेछ । कामहरु अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

२८ असार २०७५, बिहीबार ०६:५५
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज उहाँकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन् । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग […]

सम्बन्धित