सदरलाइनडटकम
नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसंधान आयोग, कोहलपुरले सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा डुडुवा गाउपालिकाका ईञ्जिनियरलाई नियन्त्रणमा लिएर अनुंसन्धान सुरु गरेको छ ।
कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा डुडुवा गाउपालिकाका ईञ्जिनियर तेजनारायण खड्कालाई सेवाग्राहीसंग १ लाख घुस लिदै गरेको अवस्थामा नेपालगन्जको बिपीचोकमा रहेको दंगाली केसी मम रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारको कोहलपुर कार्यालयले जनाएको अनुसार ईञ्जिनियर खड्काले सेवाग्राहीसंग हिरमिनियामा माटोपटान तथा सडक ग्रावेल गर्ने कार्यको कार्य सम्पन्न प्रतिबेदन तयार गर्नको लागि सो रकम माग गरेका थिए ।
अख्तियारको नियन्त्रणमा रहेका ईञ्जिनियर खड्कामाथि थप अनुसंधान भईरहेको जनाएको छ । अख्तियारको टोलीले केही दिन अघिमात्र बांँकेको बैजनाथ गाउपालिकाबाट पनि प्राविधिकलाई घुस सहित रंगेहात पक्राउ गरेको थियो ।
Next Post
ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पु¥याइने
२३ असार २०७५, शनिबार ०८:४४
सम्बन्धित
-
३० बैशाख २०७५, आईतवार १५:३५
प्यूठानमा यात्रुवाहक बस दुर्घटना, ५ को मृत्यु २५ घाइते
-
६ माघ २०७६, सोमबार १६:३५
काँग्रेस प्रदेश ५ संसदीय दलका नेता पोखरेलको निधन
-
१९ आश्विन २०७८, मंगलवार १५:४३
चट्याङ लागेर बैतडीमा एकको मृत्यु, तीन घाइते
-
१६ भाद्र २०७९, बिहीबार १६:११
बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
२ भाद्र २०७९, बिहीबार १४:१६
राप्तीसोनारीबाट हतियार र मोटरसाइकलसहित शिकारी पक्राउ
-
५ फाल्गुन २०७५, आईतवार १७:५७
ठूलो परिमाणको चरेशसहित दुई महिला पक्राउ