सदरलाइनडटकम
नेपालगन्ज : एकिकरण प्रक्रियामा नआएका बामपन्थी शक्तिलाई एक हुन आउन नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आग्रह गरेका छन् । सबै शक्ति एक भए मात्र राष्ट्रिय चुनौतीको सामाना गर्न सकिने उनले बताएका छन् ।
कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशीक गोष्ठिको नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले अझै पनि नेपालका सिमाना स्पष्ट नभएको, कालपानी जस्तो नेपालको भुगोललाई ठोकुवाका साथ नेपालको हो भन्न नसकिरहेको अबस्था रहेको बताए । देशको राष्ट्रियता बचाउनका लागी अहिलेको सरकारको काधमा ठुलो जिम्मेवारी आईरहेको बताउँदै खनालले राष्ट्रियता बचाउने सवालमा सम्पुर्ण कम्युनिष्टहरु एक हुन जरुरी रहेको बताए ।
अहिलेको संबिधान अझै पनि अन्तिम नभएको बताउँदै नेता खनालले शमय र माग अनुसार संबिधानलाई परिमार्जित गर्दै लैजान सकिने बताए । संबिधानलाई अझै बिकसित गर्दै लैजानुपर्ने बताउँदै खनालले संबिधान निर्माणकै कामले दुई पार्टि एक भएको उल्लेख गरे । नेता खनालले पुजीबाद सवैलाई पढ्न आग्रह गरे । पुजीवादको अन्त्य गरेमात्र देशको समृद्धी कायम हुने उनले बताए ।