नेपालगन्जका १९० सामुदायिक (भुस्याहा) कुकुरको बन्ध्याकरण

१३ असार २०७५, बुधबार ०९:५२
 

सदरलाइनडटकम 
नेपालगन्ज : नगरमा सामुदायिक (भुस्याहा) कुकुरको संख्यामा कमी ल्याई रेबिज रोग नियन्त्रण गर्ने उद्ेश्यले नेपालगन्ज उप–महानगरले आयोजना गरेको एक हप्ते सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको समापन भएको छ ।
एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगन्ज उप–महानगरपालिकाले गत बुधबारदेखि एक हप्ते सामदायिक (भुस्याहा) कुकरको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो ।
शिविरमा १ सय ९० कुकुरको बन्ध्याकरण गरिएको नेपालगन्ज उप–महानगरपालिकाका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा.अपार पौडेलले जानकारी दिए । उनले एक हप्तासम्ममा २ सय बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको भए पनि १ सय ९० को मात्र गर्न सकिएको बताए ।
उनले भने–‘ दुई सय बढीको बन्ध्याकरण गर्ने तयारीका साथमा हामी फिल्डमा थियौ विविध कारणले १ सय ९० मै सिमित रहनु परेको छ ।’ बन्ध्याकरण गरिएका मध्ये ८० प्रतिशत छाउरी रहेको बाँकी छाउरो छन् ।
सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न कै लागि एनिमल नेपालको स्पेसल टिम काठमाडौंबाट नेपालगन्ज झिकाइएको थियो । सो स्पेसल टिमले नगरमा भएका सामुदायिक कुकुरहरुलाई जालीको सहाराले छोपेर भेटेनरी एम्बुलेन्समा राखी एक दिन आराम गर्न दिएर बन्ध्याकरण गरिएको डा.पौडेलले बताए ।
शहरमा छाडा कुकुरको सङख्यामा कमि ल्याई रेविज रोग नियन्त्रण गर्ने प्रयास स्वरुप बन्ध्याकरण गरिएको पौडेलले बताए । हाल नेपालगन्ज नगर क्षेत्रमा एक हजार बढी सामुदायिक (छाडा) कुकुरको रहेको उप महानगरपालिकाको अनुमान छ ।
नेपालगन्ज उप–महानगरका उपप्रमुख उमा थापामगरले नगरबासीको नगरमा धेरै सामुदायिक –भुस्याह) कुकुरले टोकेको जनगुनासो आएपछि उप–महानगरले सामुदायिक कुकुरको नियन्त्रणको लागि पहल गरेको बताईन । उनले भनिन–‘उपमहानगरले नियन्त्रणको नाममा कुकुर मार्न नपाईने भएको कारण कुकुरको संख्या बृद्धि हुन नदिनको लागि बन्धाकरणको कार्यक्रम राखिएको हो ।’
यसैबीच भेरी अञ्चल अस्पतालका मेसु डा. प्रकासबहादुर थापाले अस्पतालमा दैनिक ८ देखि १० जना कुकुरले टोकेको विरामी आउने गरेको जानकारी दिए ।

Next Post

त्रीभुवन चोकको विकासे काम (फोटो फीचर )

१३ असार २०७५, बुधबार ०९:५२
सदरलाइनडटकम नेपालगन्ज  : नेपालगन्ज उप–महानगरको त्रीभुवनचोक क्षेत्रमा यतिबेला धमाधम नाली र सडक निर्माणको लागि कम तीब्र गतिमा सञ्चालनमा छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालनमा रहेको सो क्षेत्रमा निर्माणको जिम्मा लिएको कालिका कन्सट्रक्सनले नाली निर्माण र सडक पीच गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाएको छ । नगरका धेरै ठाँउमा […]