सदरलाइनडटकम
२१ जेठ, कोहलपुर (बाँके) : जिल्ला प्रहरीको विशेष व्यूरो टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं.१४ र १५ को संयुक्त कार्यालय अगाडि हवलदारपुरबाट पाँचजना जुवाडे सहित २ लाखबढी नियन्त्रणमा लिएर ईप्रका कोहलपुरलाई बुझाएको छ ।
सोमबार साँझ करिव ६ बजेतिर स्थानीय कान्छा आलेको घरमा जुवा खेल्दै गरेका पाँचजनाबाट २ लाख ९ हजार ६ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । घरभेटी नभएको अवस्थामा उनीहरु सो घरमा बसेर जुवा खेल्दै गरेको बेलामा व्यूरोको टोलीले छापा हानेको थियो ।
प्रहरीले जुवा खेल्दै गरेका दिवश राई, पे्रम साहु, सुधिर पटहर, प्रकाश थापा र गोपाल सुनारलाई नियन्त्रणमा लिएको जानकारीमा आएको छ । सबै जुवाडेलाई आवश्यक अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । बाँकेमा जुवातास विरुद्ध प्रहरीले विषेश अभियान सञ्चालन गरेको छ ।
Next Post
विपन्न मुस्लिम परिवारलाई कतार च्यारेटीको पौष्टिक सहयोग
२१ जेष्ठ २०७५, सोमबार १९:३९
सम्बन्धित
-
९ फाल्गुन २०७८, सोमबार १३:५०
ट्रक पल्टिदा ड्युटीमा खटिएकी प्रहरी जवानको मृत्यु
-
३२ श्रावण २०७६, शनिबार १४:२२
दाङमा आगलागी हुँदा ६५ लाखको क्षति
-
६ आश्विन २०७५, शनिबार १७:५३
नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाईंदै
-
८ बैशाख २०७७, सोमबार १६:००
किराना पसलमा आगलागी, एकको मृत्यु, तीन घाइते
-
२६ असार २०७७, शुक्रबार १४:१०
अवैध सुर्तीसहित मोटरसाइकल पक्राउ
-
२१ मंसिर २०७७, आईतवार ०९:०५
डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो