मानव अधिकार रक्षक संजाल सुर्खेतको संयोजकमा अशोक राजी

३० बैशाख २०७५, आईतवार १७:१४
 


सदरलाइनडटकम
३० बैशाख, नेपालगन्ज :  मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि आईतबार सुर्खेतमा तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।
थर्ड एलायन्सको पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही बनाउनका लागि संजालले माहत्वपूर्ण भूमिमका निर्वाह गर्ने बताए । उनले स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि हरेक जिल्लामा थर्ड एलायन्स संजाल गठन गरी रहेको बताउदै सुर्खेतमा भई रहेका मानव अधिकार उल्लघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी तरिकाले काम गर्ने छ भने थर्ड एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।
थर्ड एलायन्सले सरकारी निकायहरु र संस्थाहरुकोमा सबैको विश्वास बढाउनुका साथै राज्यलाई उत्तरदायित्व बनाई प्रदेश तथा स्थानीय स्तरमा हुन सक्ने विवादको जोखिमलाई न्युनिकरण गर्नका साथै बिभिन्न तहहरुमा बिद्यमान बहुसंख्यक तथा सामाजिक आर्थिक जटिलता र तिनीहरुको स्थानीय प्रदेशीक र संघीय तहमा अन्तर सम्बन्धलाई राम्रो बनाउनका लागि काम गरीरहेको छ ।
संजाल गठन कार्यक्रममा बोल्दै गैर सराकारी संस्था महासंघ सुर्खेतका सचिव घनश्याम केसीले थर्ड एलायन्सले मानव अधिकार उल्लघनका घटनाहरुको अनुगमन गरी राज्यलाई जवाफदेही बनाउनका लागि गठन गरेको संजालले यस जिल्लामा भई रहेका विभिनन घटनाहरुको स्थलगत अनुगमन गरी मानव अधिकार मैत्री जिल्ला बनाउन भूमिका निर्वाह गर्ने बताए ।
संजालको संयोजकमा अशोक राजी,सहसंयोजकमा गिता कोईराला,सचिव सर्मिला बिसी,सहसचिव जगत दल जनाला बिक,सदस्यहरुमा प्रकाश अधिकारी,घनश्याम केसी,मिलन श्रेष्ठ, टेकेन्द्र बिश्वकर्मा, अन्जली बिसी,जरमाया बाँढा,किमसरा खत्री,इन्द्रा सापकोटा, रिता सापकोटा, राजेन्द्र बान्तोला, भगवती आर्चाय,कमल लामिछाने,सृजना जिसी लगायत रहनु भएको छ ।
संजालका संयोजक अशोक राजीले सुर्खेतमा देखा परेका समस्याहरुलाई समाधानका लागि स्थानीय निकाय,सम्बन्धीत सरोकारवालाहरु संग समन्वय गरेर काम गर्ने बताउनु भयो । कार्यक्रमको संजाल संजाल कि सचिव सर्मिला बिसीले गर्नु भएको थियो भने स्वगत संयोजक अशोक राजीले गर्नु भएको थियो । कार्यक्रमममा यूनिक नेपालका सुर्खेतका प्रतिनिधि सहदेब चौधरी, अधिकारकर्मी,पत्रकार,तेस्रो लिगंी,सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

Next Post

बाँकेका करिव ६ हजार ७ सय घरधुरीमा स्वच्छ पानी पुग्न बाँकी

३० बैशाख २०७५, आईतवार १७:१४
सदरलाइन / रुद्र सुवेदी    ३० बैशाख, नेपालगन्ज  : बाँकेका करिव ७ हजार घरधुरीमा अझै स्वच्छ खानेपानी पुग्न सकेको छैन । जिल्लाका ९३ हजार ४ सय २ घरधुरी मध्ये ६ हजार ६ सय ७२ घरधुरीमा स्वच्छ खानेपानीको पहुच नभएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले बाँके जिल्लाका कुल […]