सदरलाइनडटकम
३० बैशाख, प्यूठान : महेन्द्रनगरबाट प्यूठान आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नं.को यात्रुवाहक बस प्यूठानको सरुमारानी गाँऊपालिका वडा नं.४ पाकुरी खोला (बड्डाँडा नजिकै) दुर्घटना हुँदा तीन महिला र दुई पुरुष गरी ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्र सनाखत भएको छ भने बाँकीको सनाखत हुन सकेको छैन् । सो बस सडकबाट करिव २ सय मिटर तल खसेको छ ।
सो घटनामा परेर घाइते भएका २१ जना जिल्ला अस्पताल विजुवारमा ल्याईएकोमा ५ जनालाई अनेत्र रिफर गरिएको छ । गम्भीर घाइते रहेका ४ जनालाई घटनास्थलबाटै बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल (३८), गुल्मी अल्गुंगका तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदिस खत्री (२५), रिगल खातुन (२), प्यूठान नगरपालिका–३ साढेखाला इश्वर खड्का (२६), महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडि नगरपालिका–६ प्रकाश सावत रहेका छन् ।
यसैगरी चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क.(४४), सपना वि.क.(१६), गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क.(१५),कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), झिमरुक गाँऊपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी (४९) रहेका छन् । उनीहरुके जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५), दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल (३५), हिमाल पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोली खोज तथा उद्दार कार्यमा सक्रिय रहेको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।