लेनिनको फोटो नभएपछि संयुक्त सभामा बबाल

९ बैशाख २०७५, आईतवार १३:४६
 


सदरलाइनडटकम
९ बैशाख, नेपालगन्ज ः लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
तर, कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।
लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे । कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।

Next Post

विद्यालयमा ‘बाउण्डरी वाल’ नहुँदा समस्या

९ बैशाख २०७५, आईतवार १३:४६
सदरलाइनडटकम ९ बैशाख, नेपालगन्ज  :  सरकारी विद्यालयमा ‘बाउण्डरी वाल’ नभएका कारण धेरै विद्यार्थीहरु भाग्ने गरेको पाईन्छ । जसका कारण विद्यार्थीरु ‘ड्रप आउट’ बढ्ने गरेको तथ्य समेत उजागर भएको छ । विद्यार्थीहरुको नियमितता नहुनुमा अभिभावको चेतनास्तर समेत प्रमुख चुनौतीका रुपमा देखिन्छ । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बालबालिकालाई शिक्षा दिनुपर्ने सोँच […]