गोपालनाथ योगी प्रतिनिधिसभाको सचिव सिफारिस

२६ चैत्र २०७४, सोमबार ११:५९
 

सदरलाइनडटकम
२६ चैत, नेपालगन्ज :  गैरसरकारी संस्था महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष एवं बाँके खजुरा निवासी गोपालनाथ योगी प्रतिनिधीसभाको सचिवमा सिफारिस भएका छन् ।

अमेरिकाको कोलम्ब्यिा बिश्वविद्यालयबाट कानूनमा स्नाकोत्तर गरेका योगीलाई सभामुख कृष्णबहादुर महराले प्रतिनिधीसभाको सचिव नियुक्तीका लागि राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गरेका हुन् ।


करिब डेढ बर्षअघि पनि तत्कालिन सभामुख ओनसरी घर्तीले योगीलाई संसद सचिवालयको सचिवमा नियुक्तीका लागि सिफारिस गरेकी थिइन् । तर त्यसबेला एमाले र माओवादीबीचको तिक्ततापूर्ण सम्बन्ध भईरहदा योगीको नियुक्त हुन सकेको थिएन् ।

   राष्ट्रपति कार्यालयले उनको सिफारिस फिर्ता पनि गरेन भने नियुक्ती पनि दिएन् । सभामुखको सिफारिस अनुसार छिट्टै नियुक्ती हुने र सपथग्रहण समेत हुने छ ।

Next Post

गर्मीमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

२६ चैत्र २०७४, सोमबार ११:५९
सदरलाइन / डा. प्रकाश तिमिल्सेना २६ चैत, नेपालगन्ज : हरेक बर्षझै यसपाली पनि गर्मी मौसमबाट बिरामी परेका सर्बसाधारणहरु अस्पतालमा आउन सुरु भइसकेको छ । दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गएको छ । हरेक स्वास्थ्य संस्थामा गएर हेर्ने हो भने त्यो देख्न पाईन्छ । यो क्रम अझै बढ्ने निश्चित छ । जति […]