सदरलाइनडटकम
२२ चैत, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका ४ कारकाँदो बस्ने मिना सिजापति, सर्मिला भण्डारी र भारत घर भएका रन्जन टण्डनले ३ करोड बढि रकम ठगि गरि फरार रहेका छन् ।
नेपालगन्जमा रहेका आफन्त, साथीभाईहरुसंग ठगि गर्दै विभिन्न बाहानामा करोडौ रकम असुली गरि उनिहरु फरार रहेका छन् । आज नेपालगन्जमा पिडित पक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरि फरार रहेका सिजापति, भण्डारी र टण्डनलाई यथाशिघ्र पक्राउ गरि कारवाहीको माग गर्दै उनिहरुले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पिडितहरुले न्याय पाउन कहाँ कहाँ धाएनौ तर न्याय कसैले दिएनन् उनिहरुले भने । सुरु सुरुमा आफ्नो समस्या देखाई समाधान गर्न लगाउने र केही दिनमा बैक व्यालेन्स नभएको चेक समेत दिने गरेको उनिहरुको आरोप छ ।
सुरुमा १/२ लाख माग्ने र केही दिनपछि यति अरु दिएपछि मात्र पैसा आउने र दिने बाहाना बनाउदै पैसा असुल्ने पिडितहरुको आरोप छ । पत्रकार सम्मेलनमा १०/ १२ जना महिलाहरुको समुह थियो सहभागि सवैबाट १० लाख, १५ लाख, २५ लाख, ३८ लाख, ४० लाख, ५५ लाख, ६० लाख, १ करोड सम्म एक जनाबाट ठगि गरि फरार रहेका छन् । अहिले पीडित परिवारमा खैलाबैला मच्चिएको छ ।
पीडित परिवारले ब्याजमा दिएको रकम अहिले विना व्याज सावामात्र दिए पुग्ने भन्दै आएका छन् । सन २०१६ सालदेखि विभिन्न व्यक्तिहरुसंग बाहान बनाई व्याजमा पैसा माग्दै गरेको पिडित पक्षहरुको भनाई छ । यसैविच ठगिका आरोप लागेका सिजापति, भण्डारी र टण्डनसंग फोन सम्पर्क गर्न खोज्दा तिनै जनाको मोवाईल फोन स्विचअफ गरिएको छ ।