सदरलाइनडटकम
१३ फागुन नेपालगन्ज : मन्टेश्वरी एशोसियसन अफ बाँकेले आईतबार नेपालगन्ज उप–महानगरपालिका प्रमुख र उपप्रमुखलार्इ सुझाब पत्र पेस गरेको छ।
स्थानीए निकायमा निर्माण हुन गइरहेको शिक्षा ऎनमा मन्टेश्वरी विद्यालयहरुले अपनाउनु पर्ने मापदण्ड र नयाँ दर्ता हुने मन्टेश्वरी विद्यालयको हकमा स्थानीय निकायले लागु गर्नु पर्ने मापदण्डलाई समेटिएको एशोसियसनका सल्लाहकार गोबिन्द पौडेलले जानकारी दिए।
अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको टोलिमा सल्लाहकार पौडेल, उपाध्यक्ष दुर्गा बजगार्इ, कोषाध्यक्ष खिमा थापा र सहसचिब सरु पौडेलको उपस्थिति रहेको थियो। सुझाबपत्र बुझ्दै प्रमुख राणाले एशोसियसनको सुझाबले आफुहरुलार्इ कानुन निर्माणमा महत्त्वपूर्ण सहयोग मिल्ने बताए।
सोही अवसरमा उपप्रमुख उमा थापाले आफुहरु स्थानीय शिक्षा ऐन निर्माणको क्रममा रहेको अवस्थामा मन्टेश्वरी एशोसिएसनको सुझाब एकदमै महत्त्वपूर्ण रहने बताईन।
२०७४ सालमा स्थापित संघमा हाल जिल्लाभरिका १६ मन्टेश्वरी विद्यालय आवद्ध रहेको सहसचिब सरु पौडेलले जानकारी दिईन ।