‘नेपालगन्जलाई सञ्चारको राजधानी बनाउन सकिन्छ’

२२ माघ २०७४, सोमबार १९:०६
 

सदरलाइनडटकम 
२२ माघ, नेपालगन्ज :  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नं. ५ का संसदिय दलका नेता एवं प्रस्तवित मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्जलाई प्रदेशको सञ्चारको राजधानी बनाउन सकिने बताएका छन् । उनले यतिबेला प्रदेसको राजधानी कहा राख्ने भन्दा पनि प्रदेस नं. ५ को विकासको मेडेल के हुने भन्ने विषयमा अबको बहस केन्द्रीत हुनु पर्ने कुरामा जोड दिए ।
प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन । उनले भने,‘नेपालगन्ज पश्चिम नेपालको केन्द्रविन्दु हो, तर पनि प्रदेश राजधानी सम्भव नहुन सक्छ । यहाँका राजनीतिक दल, उद्योगी व्यवसायी सबैले आर्थिक राजधानीका लागि आवाज उठाउन जरुरी छ ।’
उनले नेपालगन्जको विकासको मोडल कस्तो बनाउने भन्ने यहाँको सञ्चार माध्यामले अहम भूमिका निर्वाह गर्न सक्ने भएकोले दाङ्ग, रुपन्देही र बाँकेलाई त्यहाँका सञ्चार माध्ययमले विकास निर्माण र अन्य विकासको लागि पैरवी गर्न सक्ने बताए ।
उनले विकासको संभावना बोकेको र पूर्वाधार भएका प्रदेश नं. ५ का ३ मुख्य शहरलाई विकासको परियोजना बनाएर अघि बढिनु पर्नेमा जोड दिदै नेपालगन्जलाई आर्थिक राजधानीका रुपमा विकसित गरिने बताए । प्रदेश नं. ५ प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पोखरेलले प्रदेश राजधानीका विषयमा भन्दा आर्थिक राजधानीका लागि अघि बढ्न सबैलाई आग्रह गरे ।
प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेता पोख्रेलले भने,– जुन स्थानमा प्रदेशको राजधानी हुन्छ त्यही मात्रै आर्थिक समृद्ध हुन्छ भनेर सोच्न हुदैन । पोख्रेलले समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने योजना सार्वजनिक गरे । नेता पोख्रेलले नेपालगन्ज प्रदेश नम्बर ५, ६ र ७ को केन्द्रको रुपमा रहेको बताउँदै ३ वटा प्रदेशलाई लक्षित गरी वस्तु तथा सेवाको उत्पादनसँग जोड्नुपर्ने बताए ।
नेपालगन्ज भविष्यमा औद्योगिक महानगर बन्ने उनले बताए । सो अवसरमा नेपालगन्ज राजधानीका लागि गठित संघर्ष समितिले राजधानी नेपालगन्ज हुनुपर्ने माग गर्दै भावी मुख्यमन्त्री पोख्रेललाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटीका सचिव भुमिश्वर ढकाल, एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, सांसदहरु नन्दलाल रोकाय, माओवादी केन्द्रका सांसद महेश्वर गहतराज, एमाले बाँकेका प्रचार विभाग प्रमुख किस्मत कक्षपति, प्रेस चौतारी बाँकेका इन्चार्ज भेषराज बस्नेत लगायतले शुभकामना दिएका थिए ।

Next Post

सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

२२ माघ २०७४, सोमबार १९:०६
काठमाडौँ, २३ माघ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४ मा […]