२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

सोमबार ईद, मुस्लिम समुदायमा खुशी र हर्षोल्लास, विहान साढे ८ बजे ईदगाहमा सामुहिक नमाज



सदरलाइनडटकम
११ असार नेपालगन्ज : ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘ईद–उल–फित्र’ (ईद) भोली सोमबार परेको छ । एक महिनाको कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा सोमबार विहान साढे ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु हुने छ । ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार आईतबार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन ईद मनाईने परम्परा अनुसार सोमबार ईद मनाईएको मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफन नूरानीले जानकारी दिए ।
नेपालगन्जको ईदगाह मस्जिदमा ईदको विषेश नमाजको लागि तीब्र रुपले तयारी गरिएको छ । साथै नेपालगन्जका मुस्लिम समुदायमा ईदको रौनक छाएको छ । चारै तिर हर्षोल्लासका साथ ईदको तयारी गरीएको छ । सदरलाइनडटकम परिवार ईदको सबै मुसलमान समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।यसैबीच नेपाल सरकारले ईदको पावन अवसरमा सोमबार राष्ट्यि विदा घोषणा गरेको छ ।
फाईल फोटो

 

प्रकाशित मिति : २०७४ असार ११ गते आइतबार
ताजा समाचार