बर्दियाको दुईपालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

सदरलाइन संवाददाता १ असार २०८३, सोमबार १८:०६
 
समाचार सारांश
Generated Using AI
  • बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालन गरेको युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरेको छ।
  • परियोजनामार्फत १८ देखि २८ वर्ष उमेर समूहका १०० युवालाई बङ्गुर, बाख्रा, कुखुरापालन, किराना तथा फास्टफुड व्यवसायका लागि स्टार्टअप सहयोग प्रदान गरी स्वरोजगार र दिगो जीविकोपार्जन प्रवर्द्धन गरिएको छ।
  • अनुगमनमा सहभागी सरोकारवालाहरूले युवामा गरिएको लगानीले व्यक्तिगत सफलतासँगै स्थानीय आर्थिक विकास, समुदायको उत्थान र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालन गरेको युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरिएको छ ।

सो कार्यक्रम अनुसार दुई पालिकाका सय युवालाई स्वरोजगार बनाउँदै आर्थिक रुपमा सक्षम बनाउन युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना सञ्चालन गरिएको छ ।

क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले अनुगमनका क्रममा परियोजनाबाट प्राप्त सहयोगको प्रभाव, उद्यमहरूको प्रगति तथा आत्मनिर्भरता र दिगो जीविकोपार्जनतर्फ अघि बढिरहेका युवा उद्यमीहरूको प्रेरणादायी यात्राको मूल्यांकन गरिएको बताए ।

उनले सो परियोजनाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका ती दुई पालिकाका १ सय जना युवालाई स्वरोजगार र दिगो जीविकोपार्जन प्रवद्र्धनका लागि वस्तुगत स्टार्टअप सहयोग प्रदान गरिएकोले त्यसको संयुक्त अनुगमन गरिएको बताए ।

यस कार्यक्रमबाट प्रत्यक्ष लाभग्राहीहरूका अतिरिक्त करिब ३ सय जना अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

बाँके युनेस्को क्लबका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं. ३, ४ र ५ मा ४० घरधुरीलाई १ सय ८४ वटा बङ्गुरका पाठापाठी, ६ घरधुरीलाई ३६ वटा उन्नत जातका बाख्रा, ३ घरधुरीलाई ३ सयवटा स्थानीय कुखुरा तथा १ घरधुरीलाई फास्टफुड व्यवसाय सञ्चालनका लागि फ्रिजर र काठको काउन्टर लगायतका सामग्री प्रदान गरिएको थियो ।

त्यसैगरी मधुवन नगरपालिका वडा नं. १ र २ मा २२ घरधुरीलाई ९४ वटा बङ्गुरका पाठापाठी, २३ घरधुरीलाई १ सय १८ वटा उन्नत जातका बाख्रा, ३ घरधुरीलाई किराना पसल सञ्चालनका सामग्री तथा २ घरधुरीलाई फास्टफुड व्यवसायका लागि फ्रिजर र काठको काउन्टर उपलब्ध गराइएको थियो ।

बङ्गुर, बाख्रा तथा कुखुरापालनमा संलग्न उद्यमीहरूलाई सुरक्षा सामग्री, औषधि, दाना खाने भाँडा, पानी खुवाउने उपकरण लगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको थियो । साथै सहलगानी मोडालिटीमार्फत बङ्गुर, बाख्रा र कुखुराको खोर निर्माणमा समेत सहयोग गरिएको परियोजनाले जनाएको छ ।


स्थलगत घरधुरी अनुगमन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराई तथा महिला तथा बालबालिका विकास शाखा प्रमुख गोगनसरा आचार्यको सहभागिता रहेको थियो भने मधुवन नगरपालिकाबाट नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर सल्लाहकार विजय ओली तथा प्रवक्ता मेघबहादुर गुरुङले सहभागिता जनाएका थिए ।

त्यसैगरी बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, बोर्ड सदस्य भावुकजंग थापा र मीना थारु लगायतको पनि सो अनुगमनमा सहभागिता रहेको थियो ।

मधुवन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम चौधरी तथा ठाकुरबाबा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले पनि अनुगमनमा सहभागिता जनाएका थिए ।

सो क्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले सहयोग प्याकेज तथा समग्र लगानी सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो भने फिल्ड अफिसर सुनिता चौधरी र सृजना थारुले सहजीकरण गरेका थिए ।

परियोजनाअन्तर्गत गरिएको यस अनुगमनले युवाहरूलाई उद्यमशीलता विकासका अवसर प्रदान गर्दै निरन्तर प्राविधिक तथा अनुगमन सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाएको परियोजना संयोजक खड्काले बताए ।

उनका अनुसार युवा उद्यमीहरूले देखाएको प्रगतिले आवश्यक स्रोत, मार्गदर्शन र प्रोत्साहन प्राप्त हुँदा युवाहरूले चुनौतीलाई अवसरमा र सपना तथा आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्न सक्ने सन्देश दिएको छ ।

युवामा गरिएको लगानी केवल व्यक्तिगत सफलतामा सीमित नभई समावेशी आर्थिक विकास, समुदायको उत्थान तथा समृद्ध समाज निर्माणको आधारसमेत तयार भएको अनुगमनमा सहभागि सरोकारवालाहरूले बताएका छन् ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रथम वडाकप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न

१ असार २०८३, सोमबार १८:०६
समाचार सारांश Generated Using AI बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालन गरेको युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरेको छ।परियोजनामार्फत १८ देखि २८ वर्ष उमेर समूहका १०० युवालाई बङ्गुर, बाख्रा, कुखुरापालन, किराना तथा फास्टफुड व्यवसायका लागि स्टार्टअप सहयोग प्रदान […]