समाचार सारांश
- बाँकेको राप्तीसोनारी–६ डाँडाटेपरीमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय हरि थारुको मृत्यु भएको छ।
- गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज लगिए पनि ज्यान जोगिन सकेन।
- मोटरसाइकल चालक दिपेन्द्र थारुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ डाँडाटेपरी गुलरी स्कुल नजिक भएको मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु भएको छ ।
फत्तेपुर प्रहरी चौकी ‘क’ कुण्डाका इन्चार्ज प्रहरी नायब निरीक्षक भद्रसिंह ओलीले दिएको जानकारी अनुसार भे२प ८१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्तीसोनारी–३ सिनावासका ३३ वर्षीय हरि थारुको उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका हरिलाई तत्काल उद्धार गरी नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ राप्तीसोनारी–६ राजपुरका २७ वर्षीय दिपेन्द्र थारुले आफ्ना फुफुको छोरा हरिलाई बैजापुर छोड्न जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाको समयमा हरि मोटरसाइकलको पछाडि सवार थिए ।
घटनापछि मोटरसाइकल चालक दिपेन्द्रलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


