२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्ममा हुकाईएका लोकल प्रजातिका कुखुरा (फोटो कथा सहित)



नेपालगञ्ज : बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्ममा हुर्काईदै गरेका लोकल कुखुराहरु । लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको सो फर्ममा लोकल कुखुराका विभिन्न प्रजातीलाई संरक्षण गरी व्यवसायिक उत्पादन गर्ने गरिएको छ ।

फर्मका प्रबन्धक डा. सुमन खनालले दिएको जानकारी अनुसार फर्ममा साकिनी, प्वाँखउल्टे, घाँटीखुईले, खजुरा साकिनी क्रश, न्यु हेम्सार, ब्लयाक अस्टालोप र कालिज प्रजातिको चल्ला उत्पादन गरी किसानलाई उपलब्ध गराउने गरिएको छ ।

गत आर्थिक वर्षमा सो फर्मबाट माथि उल्लेख गरिएका विभिन्न प्रजातीका कुखुरा तथा कालिजका १ लाख ८१ हवार ८ सय ९५ चल्ला उत्पादन गरी बिक्रि वितरण गरिएको फर्मका प्रबन्धक डा. खनालले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार करिव २ महिनाको लागि फर्मबाट चल्ला उत्पादनको कार्य स्थगन गरिएको छ । फर्ममा भएका पुराना प्यारेन्ट कुखुराको ठाँउमा नयाँ चल्ला हुर्कदै गरेकोले केही समय फर्मबाट चल्ला उत्पादन कार्य स्थगन गरिएको हो ।

    

शब्द फोटो : रुद्र सुवेदी / सदरलाइनडटकम

 

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार
ताजा समाचार