२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा पनि व्यावसायिक उखु खेतीको शुरुवात



नेपालगञ्ज : बाँकेमा अर्गानिक चिनी र गुड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती शुरु गर्न लागेका छन् । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ शुरु गरेको हो ।

लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको शुरुवात गर्दै युवापुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताए । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताए ।

प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका ३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ शुरु गरिने बताए । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताए ।

जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भेली र गुड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताए । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने कुरैसीको भनाई छ ।

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार
ताजा समाचार