Sadarline
२०८३ असोज २९ , बिहीबार

डुडुवाका लेखा अधिकृतको मोटरसाइकल भेटियो



नेपालगञ्ज : बाँके प्रहरीले चोरी भएको डुडुवा गाउँपालिकाका लेखा अधिकृतले चढ्ने मोटरसाइकल फेला पारेको छ । भे १ ब १७९६ नम्बरको मोटरसाइकल नेपालगञ्जको कारकाँदोबाट चोरी भएको थियो ।

प्रहरीले कारकाँदोबाटै भारतको जिला बहराइच नानपारा बस्ने २० वर्षीय अमन श्रीवास्तवालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ । पछिल्लो दुई महिनायता नेपालगञ्जमा २२ वटा मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन परेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार
ताजा समाचार