२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

गार्डियन लघु बीमा कम्पनीको नयाँ शाखा नेपालगञ्जमा



नेपालगञ्ज : नेपालको पहिलो लघु बीमा कम्पनी गार्डिन लघु जीवन बीमा कम्पनीले नेपालगञ्जमा आफ्नो नयाँ शाखा खोलेको छ । कम्पनीले सातौं शाखाको रुपमा नेपालगञ्जमा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उदघाटन गर्दै नेपलगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरुप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले कम्पनीको लक्ष्य हासिल गर्नका लागि उपमहानगरपालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले लक्षित वर्ग लाभान्वित हुने गरी काम गरेमा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

कम्पनीका चीफ म्यानेजर कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्युन आय भएका व्यक्ति, गरीबिको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए । ग्रामीण बस्तीमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै उनले पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरेर बीमा सुविधा प्रदान गरिएको बताए ।

वार्षिक १ सय ३१ रुपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिँदै देवकोटाले गरिब, सिमान्तकृत र न्युन आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार
ताजा समाचार