२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा



बर्दिया : बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।

बर्दिया गुलरिया नगरपालिका ७ भन्सार रोडस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सो रकम बराबरको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले फलफुल तथा तरकारी र सो कार्य गर्न प्रयोगमा ल्याइएका चार थान मोटरसाइकल, चार थान साइकलसहित पाँच भारतीय नागरिक र दुई नेपाली गरी सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दिया सूचना प्रविधि शाखाका प्रहरी सहायक हबल्दार हरि नारायण ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कात्तिक ६ गते सोमबार
ताजा समाचार