२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

पुष्पलाल स्मृति दिवसमा एमाले जानकीले गर्यो वृक्षारोपण



नेपालगञ्ज : ४५औं पुष्पलाल स्मृति दिवसका अवसरमा आइतवार बाँकेको जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ ।

नेकपा एमाले जानकी गाउँपालिका कमिटीको आयोजनामा जानकी– १ स्थित समैमाता मन्दिर परिसर साईगाउँ शिवपुरीमा आइतवार बिहान वृक्षारोपण गरिएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता मिश्रले पुष्पलालका विचारलाई आत्मसाथ गर्नुपर्ने बताए । नेता मिश्रले पार्टीलाई सशक्त गराउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए ।

त्यस्तै एमालेका नेताहरुले पुष्पलालका विचार एमालेको सम्पत्ति भएको भन्दै यसको संरक्षण र संबर्द्धन जरुरी रहेको बताएका थिए । उनीहरुले पुष्पलालले देखाएको बाटोमा दृढ भएर हिंड्ने संकल्प एमालेले गर्नुपर्ने बताए ।

एमाले जानकी गाउँपालिका कमिटीका अध्यक्ष खिम प्रकाश बिष्टको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य पदम धिताल, एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसी, एमाले जानकी इन्चार्ज किशोर थापा लगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार
ताजा समाचार