२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

खजुरामा २० ओैं धान दिवस तथा रोपाई महोत्सव मनाइयो



खजुरा (बाँके) : खजुरा गाउँपालिकाले शुक्रवार २०औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । “जलवायु अनुकुल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यतामा खजुरा गाउँपालिका वडा न.३ मनकामनामा धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो ।

खजुरा गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको धान दिवस तथा रोपाई महोत्सवमा पालिका अध्यक्ष तुफान, उपाध्यक्ष मन्जु मल्ल, कृषि शाखाका प्रमुख पुनम पौडेल, लेखा अधिकृत प्रदिप सुनार, वडा अध्यक्षहरु र खजुराका कृषकहरु लगायतको सहभागितामा २०औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो ।

नेपाल कृषि प्रधान देश भएको र नेपाली कृषिमा आत्मनिर्भर रहेकोले पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै २०८०/०८१ को बजेटमा खजुराका कृषकका लागि १ करोड १२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको र कृषिको बिकास र बजारीकरणका लागि गाउँपालिका सधैँ कृषकको साथमा रहेको अध्यक्ष तुफानले बताए ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार
ताजा समाचार