२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

महिला लघुवित्तिय संस्था लिमिटेडका फिल्ड सहायकलाई दुई दिने तालिम



नेपालगञ्ज : महिला लघुवित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगञ्ज अन्तरगतका फिल्ड सहायक कर्मचारीका लागि दुईदिने क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।

केन्द्रीय कार्यालयको आयोजनामा गरिएको ‘कार्यक्रम सुदुढीकरण तालिम २०७९’ मा नेपालगञ्ज कार्यालय अन्तरगतका विभिन्न शाखाबाट गरी ३४ जना फिल्ड सहायक कर्मचारीहरुको सहभागिता रहेको सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगञ्जका सहायक बमबहादुर रावलले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन भएको सो तालिममा संस्थाको केन्द्रीय कार्यालयका कर्जा तथा जोखिम विभाग प्रमुख बरिष्ठ प्रवन्धक ईश्वरबहादुर रोका तथा अनुगमन तथा निरिक्षण विभाग प्रमुख बुद्धीसागर न्यौपाने प्रशिक्षण दिएका थिए ।

सहभागिलाई मोटिभेसनको रुपमा राजु नेपालले कक्षा सञ्चालन गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रमको सञ्चालन सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगञ्जका तिलक दत्त पन्तले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार
ताजा समाचार