२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बाँकेका प्रजिअ आचार्यद्वारा सीमा क्षेत्रको अनुगमन



नरैनापुर (बाँके) : बाँकेको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमिका खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

सिमा क्षेत्रको अनुगमन गर्न पुग्नु भएका प्रजिअ आर्चायले इलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरिक्षण गरेका थिए । गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै इलाका प्रशासन सुरु गर्ने बताए ।

पहिलो पटक नरैनापुर पुगेका प्रजिअ आचार्यलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं.१ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ४ का अध्यक्ष मनोज शर्मा लगायतले स्वागत गरेका थिए ।

प्रजिअ आचार्यले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिऐ । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ आचार्यले भने, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ ।’

प्रजिअसंगै अनुगमनमा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह, प्रहरी उपरिक्षक सन्तोष सिहं राठोर, अनुसन्धानका एसपि मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहीबार
ताजा समाचार