२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला



दाङ : दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।

स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार
ताजा समाचार