२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ठुलो परिमाणको नक्कली नोटसहित नेपालगञ्जमा तीन जना पक्राउ



नेपालगञ्ज : नेपालगञ्जबाट ५ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्युरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् ।

उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५ सय ६९ थान बरामद गरेको छ । रानाको साथबाट चार सय १८ थान नक्कली नेपाली १ हजारको नोट र कुमाईको साथबाट १ सय ५१ थान नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ ।

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७९ फागुन ३ गते बुधबार
ताजा समाचार