२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नौ किलो चरेससहित कैलालीमा एक जना पक्राउ



कैलाली : कैलालीको अत्तरियाबाट चरेस सहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट चरेससहित बझाङ दुर्गाथली गाउँपालिका ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन् ।

उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार
ताजा समाचार