२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

आगोमा जलेर गम्भीर घाइते भएकी कुमालको मृत्यु



नेपालगञ्ज : दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ ।

कुमालको बाँकेको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तल्तिरको अधिकांस भाग जलेको थियो । घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

प्रकाशित मिति : २०७९ पुस २ गते शनिबार
ताजा समाचार