२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेको डुडुवाबाट सालको अवैध काठ बरामद



नेपालगञ्ज : बाँकेको डुडुवाबाट सालको काठ बरामद गरिएको छ ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ सन्तलियास्थित लुकाई छिपाई राखेको अवस्थामा साल जातको काठ गोलिया २ थान (८.५ क्यु फिट र ११.११ क्यु फिट) प्रहरी चौकी खडैचा र हजरात सामुदायिक बन उपभोक्ताको संयुक्त टोलिले फेला पारेको हो ।

उक्त काठ कारवाहीका लागि नेपालगञ्ज सव–डिभिजन वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार
ताजा समाचार