२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा हथौडा प्रहार गरि श्रीमतीको हत्या



नेपालगञ्ज : दाङका एक ब्यक्तिले हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका १ क्युरेनी निवासी ४० बर्षीय लालबहादुर बोटेलेले श्रीमति ३४ बर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरि हत्या गरेका हुन् ।

सोमवार विहान ३ बजे हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेको थाहा पाएपछि गाउँलेले लालबहादुरलाई घरभित्रै थुनेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मदिरा खाएर श्रीमतिलाई हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ मंसिर २ गते शुक्रबार
ताजा समाचार