२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ बेलनपुर बस्ने २२ वर्षीय जमालुदिन बेडुवालई प्रहरीले पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बाँके जिल्ला अदालतले २०७८ फागुन २९ गते बेडुवालाई कर्तब्य ज्यान मुद्दामा २५ बर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि उनी हालसम्म फरार रहेका थिए ।

उनलाई सोमबारनै बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर १२ गते सोमबार
ताजा समाचार