२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियामा श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ



बर्दिया : आफ्नै श्रीमतीलाई कुटपिटगरि हत्या गरेको आरोपमा बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् ।

गम्भीर घाइते भएकी नानकलाको उपचारका लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर १२ गते सोमबार
ताजा समाचार