Sadarline
२०८३ असोज २९ , बिहीबार

राँझामा आकाशे पुलको निर्माण शुरू, अरू ठाउँमा पनि चाँडै शुरू हुने



नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझामा आकाशे पुलको काम शुरू भएको छ । नेपालगञ्जका सडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्ये एउटा राझाको पुल निर्माणको काम शुरू भएको हो ।

केही समयअघि नेपालगञ्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको शिलान्यास भएको थियो । एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै शुरू हुने जनाएको छ । काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण शुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर ३ गते शनिबार
ताजा समाचार