२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा ब्याट्री सर्ट भएर ट्रकमा आगलागी



नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा ब्याट्री सर्ट भएर ट्रकमा आगलागी भएको छ ।

बिहीवार दिउँसो करिब साढे १२ बजे कोहलपुर नेपालगञ्ज सडक खण्डअन्तर्गत कोठारपुर नमस्ते रेस्टुरेन्ट नजिक बिच सडकमा रोकिएको सु.प्र. ०१–००१ ख २४७७ नम्बरको ट्रक आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले रोकिराखेको ट्रकमा व्याट्री सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । सो ट्रकमा साहु नरेन्द्र सिंह कार्की र चालक बिर बहादुर साउद रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार
ताजा समाचार