२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दार्चुलामा भीरबाट लडेर एक युवकको ज्यान गयो



नेपालगञ्ज : दार्चुलामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । लेकम गाउँपालिका–५ मैखोलीस्थित लिसिनी भीरबाट लडेर स्थानीय ३१ वर्षीय जयदेब जोशीको मृत्यु भएको हो ।

शुक्रबार बिहान डोका ल्याउन लेकम गाउँपालिका–२ गराडीतर्फ गएका जोशी भीरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए ।

मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार
ताजा समाचार