२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

ब्राउन सुगरसहित बर्दियामा एकजना पक्राउ



बर्दिया : बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर एक जना पक्राउ परेका छन् ।

लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ पक्राउ पारेका हुन् ।

प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १० गते बिहीबार
ताजा समाचार