२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा एउटै खाडलमा गाडिएको अवस्थामा भेटिए किशोरकिशोरी



दाङ : तुलसीपुर उपमहानगरपालिका १३ स्थित जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् ।

दमारगाउँको जंगलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

मल्लका अनुसार उनीहरूको शव आइतबार दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि उनीहरूको पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार
ताजा समाचार