२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कालीकोटमा बम विष्फोट हुँदा एक बालिकाको मृत्यु, ४ जना घाइते



नेपालगञ्ज : कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बम विस्फोटबाट स्थानीय ४ वर्षीया झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो ।

यस्तै बम विष्फोटमा परी सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएको उनले बताए ।

‘घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ,’ उनले भने,’ घाइते बालबालिकाको अवस्था गम्भीर नै छ । कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी समेत भएको छैन ।’ उनका अनुसार प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १२ गते शनिबार
ताजा समाचार