२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

रुकुमपूर्वमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु



रूकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस शुक्रवार दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए । बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार
ताजा समाचार