२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँके प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ का ५० वर्षीय बखत यादवलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

यादवलाई लागु औषध मुद्दामा गएको फागुन २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै १५ वर्ष ९ महिना कैद र ५० हजार जरिवाना गरेको थियो । त्यसपछि यादव फरार थिए । पक्राउ परेका यादवलाई थप कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार
ताजा समाचार