२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

अछाम पहिरो : १४ जनाको शव भेटियो, ९ जना बेपत्ता



नेपालगञ्ज : अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्धार गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार
ताजा समाचार