२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ



सुर्खेत : सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन् ।

उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ गरेका गिरी दम्पतिमाथि अहिले थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमबार
ताजा समाचार